कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
  • आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।
  • कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो ।

१३ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ ।

नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

यसबिचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित
विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
लागऔषधसहित ३ जना पक्राउ
लागऔषधसहित ३ जना पक्राउ
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह