टावरमा युवती चढेपछि सर्लाहीका आधा दर्जनबढी पालिकामा विद्युत् अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
११३ पटक हेरिएको
Shares
टावरमा युवती चढेपछि सर्लाहीका आधा दर्जनबढी पालिकामा विद्युत् अवरुद्ध

सारांश

  • सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको ४५ नम्बर टावरमा एक युवती चढेपछि जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ।
  • प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार ती युवती बिहीबार साँझ करिब साढे ४ बजे टावरमा चढेकी हुन्।
  • उनी कविलासी नगरपालिका–७ सिरसियाकी १७ वर्षीया युवती रहेको बताइएको छ।

२९ असोज, सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको ४५ नम्बर टावरमा एक युवती चढेपछि जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ।

प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार ती युवती बिहीबार साँझ करिब साढे ४ बजे टावरमा चढेकी हुन्। उनी कविलासी नगरपालिका–७ सिरसियाकी १७ वर्षीया युवती रहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार युवतीले टावर चढ्नुअघि चप्पल तलै खोलेकी थिइन्। उनले आफ्ना कपडा टावरमा झुन्ड्याएर नाङ्गै टावरको माथिल्लो भागमा बसेकी छन्।
स्थानीयका अनुसार युवतीको मानसिक अवस्था ठीक नरहेको बताइएको छ।

टावरमा युवती चढेपछि सम्भावित दुर्घटना रोक्न विद्युत् सेवा अवरुद्ध गरिएको बताइएको छ। उनलाई सुरक्षित रूपमा उद्धार गर्न नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले युवतीको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको र उद्धारको प्रयास जारी रहेको जानकारी दिए।

विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रका उपभोक्ता समस्यामा परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित
मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
मधेश प्रदेश सभा बैठक :   सरोज सिंहले मागे भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा
मधेश प्रदेश सभा बैठक : सरोज सिंहले मागे भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
दुई दिनमै नेप्सेले गुमायो १०७ अंक, कारोबार रकममा पनि गिरावट
दुई दिनमै नेप्सेले गुमायो १०७ अंक, कारोबार रकममा पनि गिरावट
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...