प्रतिष्ठानलाई बजेट दिनसक्ने अवस्था छैनः मन्त्री खनाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रतिष्ठानलाई बजेट दिनसक्ने अवस्था छैनः मन्त्री खनाल

सारांश

  •   अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन्।
  • आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
  • उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताए।

२८ मंसिर, काठमाडौं । 

अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन्। आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताए। उनले विविध विधिताहरूको सही उपयोग गर्न नसकिरहेको बताए। कतिपय जातिहरूलाई अहिलेसम्म पनि चिन्न नसकिएको उनको भनाई छ।

मन्त्री खनालले प्रतिष्ठानका लागि आफू मन्त्रालयमा रहँदा आवश्यक कानुनी आधारहरू तयार पार्न आवश्यक अध्ययन गर्ने पनि बताए। उनले भने, ‘जातीय विविधता, भाषिक विविधता नेपालको सम्पत्ति हो। हामीले यसलाई दायित्व सम्झिनुपर्छ। यसमा अफ्ठ्यारो कसैले सम्झनु हुँदैन। यो भनेको हाम्रो सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता यि भनेको मुलुलाई समृद्ध गर्नको निमित्त अत्यन्त आवश्यक कुरा हो। हामीले यसको सही परिचालन गर्न सकेका छैनौँ। कतिपय अवस्थामा समानुपातिक प्रतिनिधित्व हुन सकिरहेको छैन। कतिपय जातिहरूलाई अहिलेसम्म पनि चिन्न सकेका छैनौँ।’ आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कतिपय काम गर्नका लागि बजेट नभएको गुनासो गरेको भएपनि बजेट दिन तत्काल अधिकार नहुने बताए। कार्यक्रम नभए कार्यक्रम थप गर्ने अधिकार अर्थमन्त्रीलाई नहुने र भएको कार्यक्रमअन्तर्गत थपघट गर्न सकिने अर्थमन्त्री खनालको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी
लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा
प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री