प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।
  • प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।

४ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।

‘ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम छ, तर दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुन्छौं,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘दुईपक्षीय सीमा व्यवस्थापन समूह (वोर्डर वर्किङ ग्रुप) को गृहसचिव स्तरीय बैठक त्यसअघि दिल्लीमा बस्छ । नेपालले तयारी सुरु गरिसक्यो ।’ आज आइतबार बीडब्लुजीको बैठक तयारीका लागि बैठक राखिएको छ ।

गत ०८१ चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा सौहार्द बन्न नसकेको ओली–मोदी एक्लाएक्लै भेटका क्रममा सम्भवतः नेपाल भारत सीमा, चुच्चे नक्सा आदि प्रसंग उठेको थियो, जसका कारण यसपल्ट ओलीको आसन्न दिल्ली भ्रमणको सुरुवातमै यो विषयले प्राथमिकता पाउने छ । नेपालले संविधान नै संशोधन गरेर लिम्पियाधुरा लिपलेखको नक्सा उल्लेख गरेको छ, जसप्रति भारत ओलीसँग असन्तुष्ट छ । ओली यसअघि प्रधानमन्त्री छँदा उनको अग्रसरतामा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएको थियो । कात्तिकमा मोदी काठमाडौं आउने मोटामोटी समझदारी

यसअघि ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपल्ट भने आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी नेपाल आउन सक्ने आश्वासन दिएको सरकारी पक्षले बताएको छ । तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ । स्रोतका अनुसार मोदीको उक्त भ्रमण पनि छोटो नै हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ४ जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ४ जना पक्राउ
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि
१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि
औषधिमा  कर बढाउने अमेरिकाको  घोषणा, भारतीय उद्योग प्रभावित
औषधिमा कर बढाउने अमेरिकाको घोषणा, भारतीय उद्योग प्रभावित
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता