पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट

सारांश

  • भारतसँग सैन्य टकराब परिरहेका बेला पाकिस्तानको लाहोरमा ठूलो विस्फोट भएको खबर आएको छ।
  • जियो टीभी र समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।
  • पाकिस्तानको पूर्वी सहर लाहोरमा बिहीबार बिहान एउटा विस्फोटको आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।

२५ वैशाख, लाहोर ।

भारतसँग सैन्य टकराब परिरहेका बेला पाकिस्तानको लाहोरमा ठूलो विस्फोट भएको खबर आएको छ। जियो टीभी र समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्। पाकिस्तानको पूर्वी सहर लाहोरमा बिहीबार बिहान एउटा विस्फोटको आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।एआरवाई न्युजका अनुसार कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ।

रिपोर्टमा भनिएको छ- विस्फोटको आवाज धेरै ठूलो थियो र कम्तीमा तीन किलोमिटर टाढासम्म सुनिएको थियो। यो विस्फोट गुलमर्ग क्षेत्रमा भएको थियो र यहाँ नजिकै सेनाको आवासीय परिसर छन्। पाकिस्तानी मिडियाका अनुसार कराँची विमानस्थलमा उडान अस्थायी रूपमा स्थगन गरिएको छ। विस्फोट भएको ठाउँ पाकिस्तानी विमानस्थलको धेरै नजिक छ। रिपोर्टअनुसार विस्फोटको आवाजपछि प्रहरीले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको छ र उद्धार टोली घटनास्थलमा पुगेको छ।यद्यपि, हाल विस्फोटमा कति जना घाइते भएका छन् भन्ने कुरा थाहा छैन।एआरवाई न्युजले बिहान सबेरै भएको विस्फोटको आवाजले सम्पूर्ण लाहोर हल्लाएको र विस्फोटपछि मानिसहरूमा त्रासको वातावरण

रहेको बताएको छ।मंगलबार राति मात्र भारतले अपरेसन सिन्दूरअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको छ। भारतले आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरिएको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारण बस्ने क्षेत्रमा हमला भएको दाबी गरिरहेको छ। उक्त हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।यसैबीच बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ। जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 
आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन जरुरी : उपेन्द्र यादव
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन जरुरी : उपेन्द्र यादव
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 
लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 
१४ घण्टापछि खुल्यो बीपी राजमार्ग
१४ घण्टापछि खुल्यो बीपी राजमार्ग
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर