देशभरका २२ स्थानमा सडक अवरूद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ६, २०८२
|
|
१७ पटक हेरिएको
Shares
देशभरका २२ स्थानमा सडक अवरूद्ध

सारांश

  • देशभर मनसुन सक्रिया हुुन थालेसँगै बाढी–पहिरोका समस्या समेत बढ्न थालेका छन् ।
  • वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६२ सडक तथा राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
  • २२ स्थानमा सडक अवरूद्ध भएका छन् भने ४० स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा छन्।

६ असार, काठमाडौं ।

देशभर मनसुन सक्रिया हुुन थालेसँगै बाढी–पहिरोका समस्या समेत बढ्न थालेका छन् । वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६२ सडक तथा राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। २२ स्थानमा सडक अवरूद्ध भएका छन् भने ४० स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा छन्। पूर्व–पश्चिम राजमार्गको दुम्किबास दाउन्ने सडक रातिबाट फेरि अवरूद्ध भएको छ। यता, बाग्लुङको दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरूद्ध भएको छ । त्यसैगरी बेनी–जोमसोम सडकको रूप्से खण्डमा पहिरो खस्दा अवरूद्ध भएको सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी गोविन्द सुवेदीले जानकारी दिए ।

यसैगरी सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्ड १० घण्टापछि एकतर्फी खुलेको छ। भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–१, कान्छीबजार नजिकको छलगाड खोलाको बहावका कारण सवारी आवागमन पूर्णतः अवरूद्ध भएको छ । बाढीको चपेटामा परेपछि सदरमुकाम दुनैबाट नेपालगन्ज र अन्य गन्तव्यतर्फ छुटेका गाडीहरू तथा नेपालगन्ज हुँदै दुनैतर्फ आइरहेका गाडीहरू दुवै छेउमा थन्किएर रोकिएका छन्। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

यता, काभ्रेको धुलिखेल नगरपालिका– ११ पात्लेखेतमा आएको लेदोसहितको पहिरोले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले बताए । अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित कोदारी खण्डमा पहिरो खसेपछि चीन जोड्ने कोदारी राजमार्ग तीनदिनदेखि अवरूद्ध रहेको छ। सोमबार रातिदेखि वर्षाका कारण भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ को कोदारी कोप्लाङमा पहिरो र वडा नम्बर ३ को लार्चामा ह्युमपाइप बगाएपछि राजमार्ग बन्द रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ
सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल
सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल
औषधिमा  कर बढाउने अमेरिकाको  घोषणा, भारतीय उद्योग प्रभावित
औषधिमा कर बढाउने अमेरिकाको घोषणा, भारतीय उद्योग प्रभावित
रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण
रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?