भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु

सारांश

  •  भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।
  • भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ ।
  • उद्धार टोलीले मङ्गलबार बिहान २३  देखि ४७  वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो ।

१५ साउन,हनोई । भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।

भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मङ्गलबार बिहान २३  देखि ४७  वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो । विपद् अधिकारीहरुले दुर्घटनाको समयमा उत्तरी क्वाङ निन्ह प्रान्तको हा लङ सहरमा आएको भारी वर्षाले पहिरो निम्त्याएको जानकारी गराएका छन् ।

देशको उत्तरी भागहरूमा केही दिनदेखीको भारी वर्षाले आकस्मिक बाढीपहिरो निम्त्याइरहेको छ । अप्रिलदेखि क्वाङ निन्ह प्रान्तमा भएको खानी दुर्घटनामा अन्य सात जनाको मृत्यु भएको छ । गत वर्ष भियतनामको राज्यद्वारा सञ्चालित कोइलाखानीमा भएको दुर्घटनाले कम्तिमा १० जना कामदारको ज्यान लिएको स्थानीय रिपोर्टहरूले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
थुनछेक बहस नभएपछि रवि लामिछाने फेरि प्रहरी हिरासतमा
थुनछेक बहस नभएपछि रवि लामिछाने फेरि प्रहरी हिरासतमा
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने
प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने