जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने

सारांश

  • अन्तर्राष्ट्रिय तेल उत्पादक देशहरूमा बढ्दो तनावको प्रभाव जुम्लामा पनि देखिन थालेको छ ।
  • जुम्लाको बसपार्क क्षेत्रमा खाना पकाउने सिलिन्डर ग्यास लिन उपभोक्ताहरू लामबद्ध भएर कुर्न थालेका छन् ।
  • ग्यासको सम्भावित अभावलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पूर्वतयारी थालेको छ ।

३० फागुन,जुम्ला ।

अन्तर्राष्ट्रिय तेल उत्पादक देशहरूमा बढ्दो तनावको प्रभाव जुम्लामा पनि देखिन थालेको छ । जुम्लाको बसपार्क क्षेत्रमा खाना पकाउने सिलिन्डर ग्यास लिन उपभोक्ताहरू लामबद्ध भएर कुर्न थालेका छन् । ग्यासको सम्भावित अभावलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पूर्वतयारी थालेको छ ।

ग्यास आपूर्तिमा समस्या आउने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य संघ जुम्ला, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय तथा ग्यास डिलरहरूसँग बैठक बसी वितरण व्यवस्थालाई व्यवस्थित बनाउने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले जुम्लामा एलपी ग्यासको अभाव हुन नदिन वितरण प्रणालीलाई पारदर्शी बनाउने निर्णय गरेको हो । न्यू बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले ग्यास वितरण गर्दा उपभोक्ता र सिलिण्डरको अभिलेख राखेर मात्र वितरण गर्ने व्यवस्था मिलाउने भएको छ ।

यसैगरी डिलरबाट ल्याइने ग्यास सिलिण्डरको पनि अभिलेख राखिनेछ । यस व्यवस्थाबाट कालोबजारी नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्य राखिएको प्रशासनले जनाएको छ ।प्रशासनले अब जिल्ला बाहिरबाट कति ग्यास आयात भयो, डिलर तथा सहायक पसलमार्फत कति वितरण भयो र उपभोक्तासम्म कति पुगेको छ भन्ने विवरणसमेत फरमेटका आधारमा अभिलेख राखिने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
दुई जना फरार प्रतिवादी पक्राउ
दुई जना फरार प्रतिवादी पक्राउ
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प
न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने
न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी