सिरहामा लागूऔषधसहित तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ

सारांश

  • सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
  • गत सोमबार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले मिर्चैया नगरपालिका नम्बर५ स्थित खाली घरमा बसेका २० वर्षिय राहुल कुमार साह, २१ वर्षिय दिलीप कुमार साह र मिर्चैया नगरपालिका नम्बर २३ वर्षिय विशाल गिरीलाई शंका लागि जाँच गर्दा लागूऔषधसहित फेला पारेको हो।
  • प्रहरी टोलीले उनीहरूलाई नियन्त्रित अवस्थामा राखेर जाँच गर्दा ३ वटा कालो प्लास्टिकको पोकोमा लागूऔषध जस्तो देखिने ब्राउन सुगर तौल गर्दा ४५० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

३ असार, सिरहा ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। गत सोमबार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले मिर्चैया नगरपालिका नम्बर५ स्थित खाली घरमा बसेका २० वर्षिय राहुल कुमार साह, २१ वर्षिय दिलीप कुमार साह र मिर्चैया नगरपालिका नम्बर २३ वर्षिय विशाल गिरीलाई शंका लागि जाँच गर्दा लागूऔषधसहित फेला पारेको हो।

प्रहरी टोलीले उनीहरूलाई नियन्त्रित अवस्थामा राखेर जाँच गर्दा ३ वटा कालो प्लास्टिकको पोकोमा लागूऔषध जस्तो देखिने ब्राउन सुगर तौल गर्दा ४५० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई मिर्चैया इलाका प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र कुमार पासवानले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने
सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
१४ घण्टापछि खुल्यो बीपी राजमार्ग
१४ घण्टापछि खुल्यो बीपी राजमार्ग
आज संवैधानिक परिषद्को बैठक बस्दै। 
आज संवैधानिक परिषद्को बैठक बस्दै। 
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार