रास्वपाले आज पाँच जिल्लामा भेला गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
५१ पटक हेरिएको
Shares
रास्वपाले आज पाँच जिल्लामा भेला गर्दै

सारांश

  • पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच जिल्लामा भेला आयोजना गरेको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
  • उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा आयोजना भएको जिल्ला भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय नेताहरु समेत सहभागी हुने कार्यक्रम छ ।
  • भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, सङ्गठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने उनको भनाइ छ ।

काठमाडौैं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच जिल्लामा भेला आयोजना गरेको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा आयोजना भएको जिल्ला भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय नेताहरु समेत सहभागी हुने कार्यक्रम छ । भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, सङ्गठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने उनको भनाइ छ ।

यस्तै, जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा सङ्गठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । उनले पार्टीको केन्द्रीय सङ्गठन विभाग, प्रदेश सङ्गठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको बताए । रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
चर्चित लोकगायिका शारदा सिन्हाको निधन
चर्चित लोकगायिका शारदा सिन्हाको निधन
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौँ : हितेन्द्रदेव शाक्य
विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौँ : हितेन्द्रदेव शाक्य
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध