एमाले संसदीय दलको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एमाले संसदीय दलको बैठक बस्दै

सारांश

  • नेकपा(एमाले) संसदीय दलको बैठक आज दिउँसो बस्नेभएको छ ।
  • नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको लोत्से हलमा दिउँसो १ बजे बस्ने बैठकमा संसदमा यही जेठ १५ गते प्रस्तुत बजेट र सासामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेशकुमार बर्ताैलाले जानकारी दिनुभयो ।
  • पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा आजको परिस्थितिमा बजेट केकस्तो आउनु पथ्र्याे, कस्तो आयो भन्ने विषयमा विभिन्न पाटोबाट गहन छलफल र मन्थन गरिने उहाँले जानकारी दिनुभयो ।

१९ जेठ , काठमाडौँ ।

नेकपा(एमाले) संसदीय दलको बैठक आज दिउँसो बस्नेभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको लोत्से हलमा दिउँसो १ बजे बस्ने बैठकमा संसदमा यही जेठ १५ गते प्रस्तुत बजेट र सासामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेशकुमार बर्ताैलाले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा आजको परिस्थितिमा बजेट केकस्तो आउनु पथ्र्याे, कस्तो आयो भन्ने विषयमा विभिन्न पाटोबाट गहन छलफल र मन्थन गरिने उहाँले जानकारी दिनुभयो । त्यसबारे उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले विश्लेषणात्मक जानकारी गराउनुहुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?