लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

सारांश

  • धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
  • गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो ।
  • मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो ।

१४ वैशाख, गोरखा ।

धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो । मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो । विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको थियो ।

गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । धार्चेमा अव्यवस्थित बसोबासी भने दुई सय ५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ । गण्डकी प्रदेशसभाका सदस्य नन्दप्रसाद न्यौपानेले दलित पविारलाई पुर्जा हस्तान्तरण गर्नुभएको हो । विसं २०७९ असारमा आयोगसँग गोरखाका ११ स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने सहमति गरेका थिए । वर्षौँपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी भएका छन् । “आफ्नो नाममा जग्गाको पुर्जा नपाई मरिन्छ कि भन्ने लागेको थियो, भूमिहीन दलितमध्येका एक आइतसिंहले भन्नुभयो, “गाउँपालिकाले पहल गरेर पुर्जा आफ्नै नाममा दिनुभयो, धेरै खुसी लागेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
आजबाट प्रेस चौतारीको महाधिवेशन
आजबाट प्रेस चौतारीको महाधिवेशन
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
बुटवलमा राजावादीहरूको मोटरसाइकल र्‍याली
बुटवलमा राजावादीहरूको मोटरसाइकल र्‍याली