Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार

सारांश

  •   तीन महिनामा पहिलोपटक सेयर कारोबार रकमले १२ अर्ब नाघेको छ।
  •   २०८१ फागुन २० गते २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर बिक्रीपछि १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो।
  •   त्यसको तीन महिना लामो समयपछि आज बिहीबार १२ अर्बको सेयर खरिदबिक्री भएको हो।

२९ जेठ, काठमाडौं । 

तीन महिनामा पहिलोपटक सेयर कारोबार रकमले १२ अर्ब नाघेको छ।  २०८१ फागुन २० गते २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर बिक्रीपछि १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो।  त्यसको तीन महिना लामो समयपछि आज बिहीबार १२ अर्बको सेयर खरिदबिक्री भएको हो। अघिल्ला लगातार दुई दिन १० अर्ब हाराहारीमा कारोबार भएको थियो।

बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो कुल २ करोड ८६ लाख कित्ता सेयर बिक्रीपछिको कारोबार रकम हो।  आजको कारोबारलाई ङादी ग्रुप पावर एउटैको १ अर्ब ८ करोडको योगदान मिलेको छ। त्यसैगरी सानिमा माई हाइड्रोपावरको ७५ करोड, राधी विद्युतको ५३ करोड, युनिभर्सल पावर कम्पनीको ४८ करोड, बुटवल पावर कम्पनीको ४६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। बजार परिसूचक नेप्से भने यस दिन ९.०८ अंकले घटेको छ। योसँगै २६५५.३८ विन्दुमा कायम भएको छ।

यस दिन बजारमा कारोबार भएकामध्ये ९९ वटा सेयरको मूल्य बढ्दा १४९ वटाको घटेको नेप्सेले जनाएको छ। साताको अन्तिम दिन प्योर इनर्जीको ९.९९ प्रतिशतले सेयर बढ्दा चन्द्रागिरि हिल्सको ६.९१, तेह्रथुम पावर कम्पनीको ६.१७, रसुवागढी हाइड्रोको ५.४७ र पञ्चकन्या माई हाइड्रोको ५.१३ प्रतिशतले सेयर मूल्य बढेको छ। तर आज गुराँस लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्। उनीहरुले प्रतिकित्ता २७४.८० रुपैयाँ नोक्सानी व्यहोरेका छन्। बाँकी कम्पनीहरुको सेयर अधिकतम ७.११ प्रतिशतसम्मले घटेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छ : अध्यक्ष ओली
सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छ : अध्यक्ष ओली
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड
गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड
भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन
भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन