आकाश चोपडा भन्छन्– एनपीएल विश्वव्यापी बन्दै छ, विश्वकपमा पनि सहयोगी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
आकाश चोपडा भन्छन्– एनपीएल विश्वव्यापी बन्दै छ, विश्वकपमा पनि सहयोगी

सारांश

  •   चर्चित भारतीय कमेन्टेटर आकाश चोपडाले नेपाल प्रिमियर लिग (एनपीएल) मा कमेन्ट्री गर्न थालेका छन् ।
  • बुधबार काठमाडौं आएका उनी बिहीबार पोखरा एभेञ्जर्स र काठमाण्डू गोर्खाजबीचको प्रतिस्पर्धामा भारतीय पत्रकार मिखाइल वासवानीसँगै कमेन्ट्री बक्समा देखिएका हुन् ।
  •   पोखरा र काठमाण्डूबीच खेल सुरु हुनुअघि मिखाइलले आकाश र दक्षिण अफ्रिकी कमेन्टेटर एचडी अकरम्यानसँग कुरा गरे ।

१८ मंसिर, काठमाडौं । 

चर्चित भारतीय कमेन्टेटर आकाश चोपडाले नेपाल प्रिमियर लिग (एनपीएल) मा कमेन्ट्री गर्न थालेका छन् । बुधबार काठमाडौं आएका उनी बिहीबार पोखरा एभेञ्जर्स र काठमाण्डू गोर्खाजबीचको प्रतिस्पर्धामा भारतीय पत्रकार मिखाइल वासवानीसँगै कमेन्ट्री बक्समा देखिएका हुन् ।  पोखरा र काठमाण्डूबीच खेल सुरु हुनुअघि मिखाइलले आकाश र दक्षिण अफ्रिकी कमेन्टेटर एचडी अकरम्यानसँग कुरा गरे । यस क्रममा आकाशले पहिलोपल्ट नेपाल भ्रमण गर्न पाउँदा असाध्यै खुसी लागेको बताए ।

उनले भने, ‘यहाँ आउन पाउँदा म निकै उत्साहित छु । यो मेरो पहिलो भ्रमण हो र यहाँ क्रिकेटप्रति रहेको उत्साह साँच्चै बेजोड छ भन्ने महसुस भएको छ । क्रिकेटप्रति यतिसम्मको माया यहीँबाट देखिन्छ ।’  उनले नेपाल अब टी-२० विश्वकपका लागि भारत आइरहेको र यसलाई लिएर पनि आफू उत्साहित भएको बताए । ‘यसअघि पनि नेपाल टी–२० विश्वकपको पछिल्लो संस्करणमा खेलेको थियो’, आकाशले भने ।

कुराकानीका क्रममा मिखाइलले नेपाली फ्यानले नेपाली स्टाइलमा स्वागत गर्न चाहेको भन्दै आकाशलाई नेपालीमै पढेर एक सन्देश सुनाए, ‘नेपाल र नेपाली फ्यानहरूको तर्फबाट यो सुन्दर देश नेपालमा स्वागत छ आकाश चोपडा ।’ यस्तो सन्देश सुनेर मुस्कुराउँदै आकाशले नेपालीमै भने, ‘धन्यवाद नेपाल ।’  उनले नेपालमा हुन पाउनु साँच्चै मन छुने अनुभव भएको प्रतिक्रिया दिए । यति धेरै मानिसहरूले आफूप्रति माया र आशीर्वाद देखाइदिएको भन्दै उनले खुसी व्यक्त गरे । ‘यो सुन्दर देशमा हुन पाउँदा म साँच्चै धन्य महसुस गरिरहेको छु’, उनले भने ।  यसपछि मिखाइलले छेउमै रहेका अर्का कमेन्टेटर एचडी अकरम्यानलाई ठट्यौली पारामा सोधे, ‘शुभ प्रभात एचडी, तपाईंको अनुहारमा गज्जबको मुस्कान छ त ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
सेयर बजार घट्नेक्रम जारी, कारोबार ७ अर्बमा झर्‍याे
सेयर बजार घट्नेक्रम जारी, कारोबार ७ अर्बमा झर्‍याे
लागू औषधसहित ४ जना पक्राउ
लागू औषधसहित ४ जना पक्राउ
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
कैलालीमा चट्याङ लागेर १० जना घाइते
कैलालीमा चट्याङ लागेर १० जना घाइते
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय