मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४० पटक हेरिएको
Shares
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
  • घुस प्रकरणमा मुछिएका मन्त्री पदमा हुँदा नै विधेयक फास्टट्रयाकबाट पास गर्न एमालेले प्रस्ताव गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

७ साउन, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् । घुस प्रकरणमा मुछिएका मन्त्री पदमा हुँदा नै विधेयक फास्टट्रयाकबाट पास गर्न एमालेले प्रस्ताव गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एमालेका बलराम अधिकारी छन् । उनी पोखरा जग्गा घुस प्रकरणमा जोडिएका छन् ।

लिंचीबारीको घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि अधिकारीले दिएका छैनन् । घुस प्रकरणमा मुछिएका मन्त्री नै पदमा भएकोले यसरी विधेय पारित गर्न प्रस्ताव गर्नुले शंका उब्जाएको नेता कोइरालाको भनाइ छ ।‘एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उब्जाएको छ’

कोइरालाले लेखेका छन्, ‘यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन ।’ नेता कोइरालाले भूमि विधेयकमा गहन छलफल गर्न माग गर्दै पोखरा जग्गा (लिंचीबारी) प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की