सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
९५ पटक हेरिएको
Shares
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु

सारांश

  • नेपाल प्रहरीको तथ्यांकअनुसार  चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन् ।
  • यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
  • सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन् ।

 

२२ पुस, काठमाडौँ — सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार  चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन् ।

यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन् । २३६ जनाको प्रहरीले उद्धार गरेको छ । त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका प्रवक्ता अधिकारीले जानकारी दिए । त्यस्तै बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । ११ जनाको प्रहरीले उद्धार गरेको छ ।

त्यस्तै गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ४ जनाको प्रहरीले उद्धार गरेको छ । भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने प्रहरीले २ जनाको उद्धार गरेको छ । ‘जनावरको आक्रमणमा परेकाहरूको उद्धार र उपचारका लागि एक हजार ८ सय ३५ जना प्रहरी परिचालन गरिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पछिल्लो समय नेपालका विभिन्न स्थानहरूमा जनावरहरूबाट हुने मानवीय क्षतिका घटनाहरू वृद्धि भएको देखिएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सकेसम्म नगई सबैलाई सचेत र सावधान रहन हामीले आग्रह गर्दै आएका छौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
यी ५ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, २ प्रदेशमा हुरी
यी ५ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, २ प्रदेशमा हुरी
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य