एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १२, २०८१
|
|
५० पटक हेरिएको
Shares
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
  • कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।
  • कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ ।

१२ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ । कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
जाजरकोटमा सेनाले बोकेर पुर्यायो पहिरोपीडितका लागि राहत सामग्री
जाजरकोटमा सेनाले बोकेर पुर्यायो पहिरोपीडितका लागि राहत सामग्री
सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
धरहरा भोलिदेखि दैनिक १२ घण्टा खुल्ने
धरहरा भोलिदेखि दैनिक १२ घण्टा खुल्ने