Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
५४ पटक हेरिएको
Shares
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

सारांश

  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका छन् ।
  • पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका-१४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका-२ बाट पक्राउ गरेको हो ।

 

२९ माघ, काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका छन् ।

पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका-१४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका-२ बाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?