बलिउड अभिनेता प्रदीप रावतको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
१४ पटक हेरिएको
Shares
बलिउड अभिनेता प्रदीप रावतको निधन

सारांश

  • चर्चित बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ ।
  • आमिर खान अभिनित चर्चित सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
  • लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

 

काठमाडौं ।

चर्चित बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ । आमिर खान अभिनित चर्चित सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । उनका प्रबन्धक सिद्धार्थ आर तिवारीका अनुसार रावत पछिल्लो एक महिनादेखि मुम्बईको कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचाररत थिए ।

केही समयअघि उनलाई भिवण्डीस्थित क्यान्सर अस्पतालमा सारिएको थियो । रावतका परिवारमा पत्नी कल्याणी रावत र छोरा विक्रमादित्य रावत रहेका छन् । उनको निधनको खबर सार्वजनिक भएपछि भारतीय फिल्म उद्योगका कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । लगान फिल्ममा सहकार्य गरेका अभिनेता येशपाल शर्माले सामाजिक सञ्जालमा ‘हाम्रा गजनी देवा प्रदीप रावतप्रति हार्दिक श्रद्धाञ्जली’ लेख्दै दुःख व्यक्त गरेका छन् । अभिनेता गजेन्द्र चौहानले पनि रावतलाई श्रद्धाञ्जली अर्पण गर्दै महाभारतमा उनले निर्वाह गरेको अश्वत्थामाको भूमिकाको स्मरण गरेका छन् ।

भारतीय फिल्म उद्योगमा सशक्त खलनायकका रूपमा परिचित रावतले हिन्दी, तेलुगु र तमिल भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले सर्फारोस, क्बचाबचयकज, लगान, नायक र गजनी जस्ता सफल चलचित्रमा स्मरणीय भूमिका निर्वाह गरेका थिए । रावतको पछिल्लो चलचित्र चाभा थियो, जसमा उनले यसाजी कांकको भूमिका निभाएका थिए । उनले पल शाह र बिपना थापा अभिनित नेपाली सिनेमामा समेत अभिनय गरेका थिए । भारतीय सिनेमामा खलनायक पात्रलाई प्रभावशाली ढंगले प्रस्तुत गर्ने कलाकारका रूपमा रावतको योगदानलाई दर्शकहरूले लामो समयसम्म सम्झिरहनेछन् । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?