Press 4K
बिहिबार, २५ भाद्र २०८३

एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३० पटक हेरिएको
Shares
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया

सारांश

  • ४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले नेपाल न्यूज बैंकसँग गरिएको विशेष संवादमा एमाले महाधिवेशनलाई युवामैत्री रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
  • उनले विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने धारणा व्यक्त गरे ।
  • नेकपा एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा संक्षिप्त कुराकानी गर्दै पार्टीभित्र उत्साह र गतिविधि तीव्र बन्दै गएको पनि बताए ।

२६ मंसिर,काठमाडौं

४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले नेपाल न्यूज बैंकसँग गरिएको विशेष संवादमा एमाले महाधिवेशनलाई युवामैत्री रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने धारणा व्यक्त गरे । नेकपा एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा संक्षिप्त कुराकानी गर्दै पार्टीभित्र उत्साह र गतिविधि तीव्र बन्दै गएको पनि बताए । यसपटक विशेष रूपमा युवाहरूलाइ महाधिवेशनमा उच्च प्रतिनिधित्व दिन पार्टीले १६५ वटै निर्वाचन क्षेत्रबाट एक–एक जना युवा अनिवार्य रूपमा चयन गर्ने निर्णय गरिसकेको छ ।

यससँगै अन्य खुला, महिला, दलित र २४ वटा जनसंगठनबाट पनि उल्लेख्य संख्यामा युवा प्रतिनिधि सहभागी हुने भएकाले झण्डै ६०० युवाहरू महाधिवेशनमा उपस्थित हुने महासचिव नरेश रोकायाले बताए । रोकायाका अनुसार विगतमा युवाहरूका लागि छुट्टै क्लस्टर नहुने गरेकोमा यसपाली पहिलोपटक पार्टीले युवाहरूमाथि ठूलो भरोसा राख्दै संस्थागत नेतृत्वमा प्रवेश गराउने बाटो खोलेको छ । उनी भन्छन्, ‘नेतृत्वमा युवाको उर्जाशक्ति अत्यन्तै आवश्यक हुन्छ । अबको महाधिवेशनले पार्टीभित्र युवा पुस्तालाई निर्णय तहसम्म पुर्याउने नयाँ अध्याय सुरु गरेको छ ।’ उनले यो कदम नेपालका मूलधारका कुनै पनि ठूलो दलले युवाहरूलाई दिएको सबैभन्दा ठूलो अवसर भएको दाबी पनि गरे । विद्यार्थी आन्दोलनमा दुई दशक बिताएका रोकायाले आफू सदैव प्रत्यक्ष चुनावबाटै नेतृत्वमा चयन हुँदै आएको उल्लेख गर्दै यसपटक राष्ट्रिय महाधिवेशनमा अध्यक्ष बन्न पाउने आशामा रहेपनि अन्तिम क्षणमा भएको निर्णयले केही समय निराश बनाएको बताए । तर राजनीतिक जीवन आरोह अवरोहले भरिएको हुन्छ भन्दै उनले त्यसलाई आत्मसात् गरेको बताए । ‘म्यान अफ दि इलेक्सन भएर अघि बढ्दै आएको मान्छेको लागि अन्तिम समयमा नियम परिवर्तन हुँदा पीडा त भयो, तर राजनीति यही हो,’ उनले भने ।

रोकायाले अब पार्टीको केन्द्रीय कमिटी सदस्यका लागि उम्मेदवार दिने निर्णय गरिसकेका छन् । बाजुरा जन्मस्थानबाट समेत आफूलाई अपार समर्थन आएको बताउँदै उनले युवाहरू, अग्रज र विद्यार्थी आन्दोलनसँग आबद्ध सवै तहबाट केन्द्रीय कमिटीमा जानुपर्ने अपेक्षा राखिएको जानकारी दिए । ‘बाजुरामै ९० प्रतिशतभन्दा धेरै युवाले ‘तपाईंले हाम्रो आवाज बन्नुपर्छ’ भनेका छन् । यसलाई मर्न दिन सकिंदैन,’ रोकायाको भनाइ छ । विद्यार्थी आन्दोलनको सुदृढीकरणमा आफूले विगतमा ‘स्टुडेन्ट फेस्टिवल’मार्फत करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै उनले अबका विद्यार्थी आन्दोलनहरू उत्पादनमुखी, प्रविधिमुखी र एआई जमानासँग मेल खाने हुनुपर्नेमा जोड दिए । ‘विद्यार्थी आन्दोलन अब टायर जलाउने होइन, टायर बनाउने आन्दोलन हुनुपर्छ,’ रोकायाले भने । उनका अनुसार विद्यालयदेखि विश्वविद्यालयसम्म वैज्ञानिक, प्राविधिक तथा रचनात्मक गतिविधि विस्तार गर्न सके मात्रै विद्यार्थीहरू सशक्त नागरिकका रूपमा रूपान्तरण हुन सक्छन् ।

एमालेभित्र नीतिगत रूपमा ठूलो विवाद नभएको तर नेतृत्व चयनमा प्रतिस्पर्धा स्वाभाविक रूपमा रहेको रोकायाले स्पष्ट पारे । ईश्वर पोखरेल पक्षले नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग राखिरहेका छन् भने अध्यक्ष केपी ओलीले राष्ट्रिय चुनौतीलाई मध्यनजर गर्दै बलियो नेतृत्व आवश्यक भएको तर्क अघि सारेका छन् । ‘यो स्वाभाविक प्रतिस्पर्धा हो । जो उत्कृष्ट देखिन्छन्, उनीहरूले पार्टी चलाउँछन्, बाँकीले अन्य भूमिकाबाट योगदान दिन्छन्,’ रोकायाले भने । हालैको ‘जेनेरेसन जेड’ आन्दोलनबारे बोल्दै रोकायाले युवाहरूका मागहरू जेनुइन र परिवर्तनको आधार बन्न सक्ने अवस्थामा पुगेको भए पनि आन्दोलन हाइज्याक भएपछि उद्देश्य कमजोर भएको बताए । उनका अनुसार यदि आन्दोलन शान्त र संयमित ढंगले निरन्तर अघि बढेको भए दशकौँदेखिका ठूला भ्रष्टाचार काण्डहरूको फास्ट–ट्र्याक अनुसन्धान सम्भव थियो ।
‘जेन्जीको नाममा जेन्जीले होइन, डेन्जीहरूले फाइदा उठाए । साँच्चिकै लड्नेहरू अझै सडकमै छन्,’ रोकायाले टिप्पणी गरे । आगामी निर्वाचनमा युवाहरूले आफ्नै राजनीतिक विकल्प निर्माण गर्न सक्ने उनको विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी
दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संकलन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संकलन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
आगलागी बाट ६० लाख बराबरको क्षति
आगलागी बाट ६० लाख बराबरको क्षति
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...