हेर्ने कथा को प्रकाश ले पाए नागरिकता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
हेर्ने कथा को प्रकाश ले पाए नागरिकता

सारांश

  • परिवारबाट ३५ वर्ष बढी हराएका भोजपुरका प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाएका छन् ।
  • षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् ।
  • उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।

१६ भदौ, काठमाडौं । परिवारबाट ३५ वर्ष बढी हराएका भोजपुरका प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाएका छन् । षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् । उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।प्रकाशको नागरिकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका थिए । तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे कुरा गरेका थिए । प्रधानमन्त्रीकै चासो हुँदा वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् । हेर्ने कथा’ कार्यक्रममार्फत प्रकाश साढे तीन दशक पछि परिवारको सम्पर्कमा पुगेका थिए । अहिले प्रकाशलाई भोजपुरमा पुनस्र्थापित गराउने प्रयत्न भइरहेको छ । जस अन्तर्गत नागरिकताको प्रमाणपत्र दिलाउने पहिलो प्रयत्न भएको छ ।यसपछि बैंक खाता खोल्ने तयारी भइरहेको प्रकाशलाई सहयोग गरिरहेका प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष राजेश राईले बताए । ‘आजै बैंक खाता खोल्दैछौं । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न काठमाडौं फर्कने तयारी भइरहेको छ’, राईले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
यू-१९ महिला विश्‍वकप : बङ्गलादेशलाई नेपालले दियो ५३ रनको लक्ष्य
यू-१९ महिला विश्‍वकप : बङ्गलादेशलाई नेपालले दियो ५३ रनको लक्ष्य
दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
झापामा यात्रुवहाक बस दुर्घटना, दर्जनौ यात्रु घाइते
झापामा यात्रुवहाक बस दुर्घटना, दर्जनौ यात्रु घाइते
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन