Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
४५ पटक हेरिएको
Shares
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्य सुरु गरेका छन् ।
  • शुक्रबार केन्द्रमा पुगेर उनले चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्यको सुरू गर्दै उनले यो ६ महिनाभित्र ३० लाख नै लाइसेन्स छाप्ने चाहाना रहेको बताएका छन् ।
  • उनले भने, ‘सुरक्षण मुद्रण केन्द्र देशलाई कमाई गरेर दिन सक्ने ठाँउ हो, यहाँबाट कमाई हुन्छ ।

२१ कात्तिक, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्य सुरु गरेका छन् । शुक्रबार केन्द्रमा पुगेर उनले चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्यको सुरू गर्दै उनले यो ६ महिनाभित्र ३० लाख नै लाइसेन्स छाप्ने चाहाना रहेको बताएका छन् । उनले भने, ‘सुरक्षण मुद्रण केन्द्र देशलाई कमाई गरेर दिन सक्ने ठाँउ हो, यहाँबाट कमाई हुन्छ । यो ६ महिनाभित्र हाम्रो चाहाना ३० लाख नै लाइसेन्स छापौँ भन्ने छ ।

यस्तै, उनले आजको दिनसम्म २८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य भएको भन्दै त्यसको अन्त्यको सुरुवात आजबाट भएको बताए ।  उनले भने, ‘हामीले सुरक्षण मुद्रण केन्द्रबाट अब लाइसेन्स भएपनि छापेर अगाडि बढ्नुपर्यो । किनभने आजको दिनमा २८ देखि ३० लाख लाइसेन्स जनतालाई दिनु पर्ने छ र त्यो मध्ये अहिले पनि २८, ३० लाख लाइसेन्स नपाएका मान्छेहरु कागजको चिरकटो बोकेर हिन्नुपर्ने अवस्था छ । सुशासन भनेको आज ट्रायल दिएर भोली लाइसेन्स पाउन सकियो भने हो नि त्यो क्षमता हामीसँग छ कि छैन भन्दा अहिले हामी त्यो काम गर्न सक्ने क्षमता राख्छौँ । त्यसकारण आज त्यसको सुरुवात भएको छ ।’ केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राखेको भन्दै खरिद प्रक्रियालाई चुस्त र पारदर्शि भए ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्ने उनको भनाई छ ।

उनले भने, ‘केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राख्नु भएको छ र खरिद प्रक्रियालाई चुस्त र पारदर्शि बनाएर जाने हो भने ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्छौँ । यति धेरै वर्षको अवधिमा ३० लाख लाइसेन्स नछापि रहेको अवस्थामा हामीसँग मेसिन छ, क्षमता छ केही बजेट व्यवस्था गरेर छाप्न सकिन्छ भने किन नगर्ने भनेर हामी लागेका छौँ ।’ केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार
तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक  पक्राउ
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :