इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन

सारांश

  •   काठमाडौंको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ ।
  • स्थानीयवासीहरूले ऐतिहासिक र सांस्कृतिक विधिअनुसार इन्द्रजात्राको रथ र इन्द्रध्वज (लिंगो) ढालेर यो पर्वको औपचारिक अन्त्य गरेका हुन् ।
  • वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा इन्द्रजात्रा पर्व श्रद्धापूर्वक मनाउने गरिन्छ ।

२६ भदौ, काठमाडौं । 

काठमाडौंको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ । स्थानीयवासीहरूले ऐतिहासिक र सांस्कृतिक विधिअनुसार इन्द्रजात्राको रथ र इन्द्रध्वज (लिंगो) ढालेर यो पर्वको औपचारिक अन्त्य गरेका हुन् । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा इन्द्रजात्रा पर्व श्रद्धापूर्वक मनाउने गरिन्छ । यस पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ नामले पनि चिनिन्छ ।

१२ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म निर्मित प्रशस्त मठमन्दिरहरूले सजिएको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको मूल स्थल हो । काठमाडौंमा मनाइने जात्रामध्ये इन्द्रजात्रा अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले धार्मिक, सांस्कृतिक र सामाजिक विविधता झल्काउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?