जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन

सारांश

  • ललितपुर–१ बाट बुद्धरत्न महर्जन विजयी भएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार महर्जनले कांग्रेसका उम्मेदवार उदयशमशेर जबरालाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।
  • निर्वाचन परिणामअनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री जबराले १३ हजार ५२० मत प्राप्त गरेका छन् ।

२३ फागुन,काठमाडौं ।

ललितपुर–१ बाट बुद्धरत्न महर्जन विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार महर्जनले कांग्रेसका उम्मेदवार उदयशमशेर जबरालाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । निर्वाचन परिणामअनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री जबराले १३ हजार ५२० मत प्राप्त गरेका छन् । विजयपछि प्रतिक्रिया दिँदै महर्जनले ललितपुर–१ का सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले अमूल्य मत दिएर आफूलाई विजयी बनाएकोमा जनताप्रति कृतज्ञता व्यक्त गर्दै अब जनताकै बीचमा गएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘ललितपुर क्षेत्र नम्बर १ का सबै मतदातालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । अमूल्य मत दिएकोमा सम्पूर्ण जनतालाई धन्यवाद,’ उनले भने । महर्जनले सदनमा प्रवेश गर्नुभन्दा अघि आम जनताको घरघरमा पुगेर उनीहरूको समस्या बुझ्ने योजना बनाएको पनि बताएका छन् । जनताका समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘अब सदन प्रवेश गर्नुभन्दा अगाडि आम जनताको घरघरमा छिरेर उहाँहरुको समस्यालाई बुझेर त्यसपछि मात्रै म सदन छिर्ने योजनामा छु । म आमजनताको समस्यालाई लिएर अगाडि बढ्न चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या !
नयाँ घरमा पानी नहालेको निहुँमा घरझगडा हुँदा २ छोरीको हत्या !
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग
प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति