Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
६० पटक हेरिएको
Shares
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् ।
  • राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् ।
  • उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् ।

 

२१ फागुन, नवलपुर ।

प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् । उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले भनिन्, ‘चुनाव सर्दैन, किन सार्नु र ? ३१/३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै ।

त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ । त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि ।’ उनले निर्वाचन जसरी पनि हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन् । कहीँ कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन् । हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने बताइन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्‍याइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला
हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस।
हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस।