जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

सारांश

  • जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
  • शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
  • सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ ।

१ चैत, काठमाडौं ।

जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ ।

पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोजिनु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने सङ्गठनको भनाई छ । जेन्जी मुभमेन्ट नेपालले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै नयाँ सरकार गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको छ । जेन्जी मुभमेन्ट नेपालले आज माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिने बताइएको छ । साथै देशभर एकैसाथ विरोध प्रदर्शन गर्न सर्वसाधारणलाई सहभागी हुन सङ्गठनले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि
मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
महालेखाले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन
महालेखाले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्ने
ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्ने