सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
८० पटक हेरिएको
Shares
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सारांश

  • सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गरेको थियो ।

१८ साउन, सर्लाही ।

सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा बीआर ०९ एम ३७६६ नम्बरको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट करिब १०९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित कार चालक भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिए । प्रहरीले गाँजा, कार तथा दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने