इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २३, २०८३
|
|
१२९ पटक हेरिएको
Shares
इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ

सारांश

  • काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।
  • राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले र महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 

२३ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।

राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले र महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले १७ वैशाखमा इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिइन् । सो क्रममा पसलमा रहेकी महिलाले उनीहरुलाई प्रतिकार गर्दै भगाएकी थिइन् । उक्त भिडियो भाइरल बनेको थियो ।

यसअघि यही समूहले २१ पुसमा काठमाडौं-२५ मांसान गल्लीमा रहेको होलसेल पसमा यसैगरी पेस्ताल ताक्दै २ तोलाको सुनको सिक्री, नगद ४ लाख, २ थान मोबाइल र सीसीक्यामेरा समेत लुटेर लगेको पाइएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए । पक्राउ परेकाहरुबाट चाइजिज पेस्तोल समेत बरामद भएको छ । पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान, नक १ थान, घटनामा प्रयोग भएका कपडाहअरु र घटनामा प्रयोग भएको स्कुटर पनि बरामद गरिएको परिसरका एसपी भट्टराईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?