भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
६३ पटक हेरिएको
Shares
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग

सारांश

  • नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भूमि सम्बन्धी विधेयकलाई वैज्ञानिक, समावेशी र न्यायोचित बनाउने कुरामा गम्भीर बन्न सरकारलाई सुझाव दिनुभएको छ ।
  • सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद सापकोटाले यस्तो सुझाव दिनुभएको हो ।
  • उहाँले सरकारले भूमिसम्बन्धी विधेयकलाई आफ्नो तजबिजी अधिकार प्रयोग गर्नेगरी अघि सारेको भन्दै आपत्ति जनाउनु भयो ।

१२ साउन, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भूमि सम्बन्धी विधेयकलाई वैज्ञानिक, समावेशी र न्यायोचित बनाउने कुरामा गम्भीर बन्न सरकारलाई सुझाव दिनुभएको छ । सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद सापकोटाले यस्तो सुझाव दिनुभएको हो । उहाँले सरकारले भूमिसम्बन्धी विधेयकलाई आफ्नो तजबिजी अधिकार प्रयोग गर्नेगरी अघि सारेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भूमि उपयोग र संरक्षणको नीति स्पष्ट गर्न, वर्गीकरण तथा उपयोगको नीतिगत व्यवस्था सुनिश्चित गर्न, साथै भूमि नापजाँच, दर्ता र मालपोत प्रक्रियामा पारदर्शिता कायम गर्ने प्रावधान विधेयकमा समावेश गरिन गर्न समेत माग गर्नुभयो । भूमिको सिमित उपयोगका विषयमा विधेयकमा अझै धेरै छलफलको आवश्यकता रहेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘भूमिसम्बन्धी विधेयकलाई न्यायोचित, समावेशी, वैज्ञानिक र दीगो भूमि नीति अवलम्वन गर्ने भावना र उद्देश्मा आधारित भएर सरकारले यसलाई वैज्ञानिक बनाउनको निमित्त जोड गर्नुपर्छ । यसभित्र हामीले हेर्ने कुरा समावेशी र न्यायोचित दीगो उपयोग र संरक्षणको कुरा, वर्गीकरण र उपायोगको स्पष्ट नीतिगत व्यवस्था, भूमि नापजाँच, दर्ता र मालपोतको पारदर्शीताको अर्को कुरा छ ।

भूमिको दर्ता, नापजाँच र मालपोतसँग पारदर्शिता सुनिश्चित गर्ने आधारहरु विधेयकले सुनिश्चित गर्नुपर्छ । भुमिको उपयोगसम्बन्धी सीमाको विषयमा विधेयक गम्भीर हुनुपर्छ । भूमि महिलाको स्वामित्वमा नाममा हुने कुरामा पनि विधेयकले प्रोत्साहन गर्नुपर्छ । भूमि बैंकको स्थापना, भूमि व्यवस्थापनको बारेमा स्पष्ट बुझाई हुनुपर्छ । भूमिसम्बन्धी विवाद समाधान गर्न स्पष्ट कानूनी संरचनाको विषयमा पनि विधेयकले बोल्नुपर्छ ।’ महिलाको नाममा भूमिको स्वामित्वलाई प्रोत्साहन गर्ने व्यवस्था विधेयकमा हुनुपर्नेमा जोड दिँदै भूमि बैंकको स्थापना, स्पष्ट व्यवस्थापन प्रणाली र भूमिसम्बन्धी विवाद समाधानका लागि कानुनी संरचना स्पष्ट हुनुपर्ने राख्नुभयो । सांसद सापकोटाले प्रतिपक्षी सांसदहरुले आलोचना र सुझावहरुलाई सकारात्मक ढंगले लिन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
वन क्षेत्रमा अवैध उत्खनन आरोपमा पक्राउ परेका क्रसर मालिक र मजदुर धरौटीमा छुटे
वन क्षेत्रमा अवैध उत्खनन आरोपमा पक्राउ परेका क्रसर मालिक र मजदुर धरौटीमा छुटे
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
एमालेमा १५ युवा केन्द्रीय सदस्यका लागि ३५ उम्मेदवार
एमालेमा १५ युवा केन्द्रीय सदस्यका लागि ३५ उम्मेदवार
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
विचारविना धेरैतिर फर्केकालाई वामपन्थी एकतामा ल्याउन सकिंदैन : प्रधानमन्त्री ओली
विचारविना धेरैतिर फर्केकालाई वामपन्थी एकतामा ल्याउन सकिंदैन : प्रधानमन्त्री ओली
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने