लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
६१ पटक हेरिएको
Shares
लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ

सारांश

  • बरहथवा नगरपालिका–१२ स्थित प्रहरीले आइतबार लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
  • हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको रातो–कालो पल्सर मोटरसाइकलमा सवार दुई व्यक्तिलाई शंका लागेर रोकेर जाँच गर्दा उनीहरूको साथबाट ३१ केजी ५९० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
  • मोटरसाइकलको बीचमा प्लास्टिकको बोरामा लुकाएर ल्याइएको अवस्थामा गाँजा फेला परेको हो।

२८ मंसिर, सर्लाही।

बरहथवा नगरपालिका–१२ स्थित प्रहरीले आइतबार लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको रातो–कालो पल्सर मोटरसाइकलमा सवार दुई व्यक्तिलाई शंका लागेर रोकेर जाँच गर्दा उनीहरूको साथबाट ३१ केजी ५९० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको बीचमा प्लास्टिकको बोरामा लुकाएर ल्याइएको अवस्थामा गाँजा फेला परेको हो।

पक्राउ परेकाहरूको साथबाट ३ थान मोबाइल, ७१ हजार ५७५ रुपैयाँ नगद, ९ हजार ७ सय भारतीय रुपैयाँ, एटीएम कार्ड तथा खैरो रङको छालाको खाली ब्याग समेत बरामद गरिएको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ ठुलो घुम्ने टोल बस्ने २९ वर्षीय कान्छा राम स्याङतान र सोही वडाको सानो घुम्ने टोल बस्ने २५ वर्षीय मान बहादुर ठोकर रहेका छन्। दुबैलाई जिल्ला अदालतले सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने
कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने
आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ
आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल
खड्का र  देउवाको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु
खड्का र देउवाको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर