सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न

सारांश

  • वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) को माध्यमबाट सिमरा, वीरगंज, जनकपुर, ईश्वरपुर, र गौरका विभिन्न विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो।
  • बिरगंजको श्री नरसिंह माध्यमिक विद्यालय, सिमराको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गौरको श्री जुद्ध सेकेण्डरी स्कूल, ईश्वरपुरको लालीगुराँस एकेडेमी, र धनुषाको श्री लक्ष्मीनिया जनता माध्यमिक विद्यालयमा इन्टरनेट साक्षरता सत्र सञ्चालन गरियो।
  • यस अभियानको मुख्य उद्देश्य डिजिटल साक्षरता अभिवृद्धि गर्नु, डिजिटल प्लेटफर्महरूसँग विद्यार्थीलाई परिचित गराउनु, इन्टरनेटका आधारभूत पक्षहरू बुझ्न सहयोग गर्नु, इन्टरनेटसम्बन्धी सामान्य समस्या समाधान सिकाउनु तथा इन्टरनेट प्रयोग गर्दा हुनसक्ने जोखिम न्यूनीकरण गर्नु थियो।

३० माघ, नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मधेस प्रदेशका विभिन्न स्थानमा इन्टरनेट साक्षरता सत्र सम्पन्न गरेको छ। वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) को माध्यमबाट सिमरा, वीरगंज, जनकपुर, ईश्वरपुर, र गौरका विभिन्न विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो।

बिरगंजको श्री नरसिंह माध्यमिक विद्यालय, सिमराको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गौरको श्री जुद्ध सेकेण्डरी स्कूल, ईश्वरपुरको लालीगुराँस एकेडेमी, र धनुषाको श्री लक्ष्मीनिया जनता माध्यमिक विद्यालयमा इन्टरनेट साक्षरता सत्र सञ्चालन गरियो। यस अभियानको मुख्य उद्देश्य डिजिटल साक्षरता अभिवृद्धि गर्नु, डिजिटल प्लेटफर्महरूसँग विद्यार्थीलाई परिचित गराउनु, इन्टरनेटका आधारभूत पक्षहरू बुझ्न सहयोग गर्नु, इन्टरनेटसम्बन्धी सामान्य समस्या समाधान सिकाउनु तथा इन्टरनेट प्रयोग गर्दा हुनसक्ने जोखिम न्यूनीकरण गर्नु थियो।

वर्ल्डलिङ्कको कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालित यस कार्यक्रमबाट कक्षा ७ देखि १० सम्मका करिब ३५० विद्यार्थी लाभान्वित भएका छन्। कम्पनीले आगामी दिनहरूमा पनि मधेस प्रदेशका अन्य स्थानमा यस्ता सत्रहरू सञ्चालन गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी
नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
महेश बस्नेतले मागे प्रधानमन्त्रीको राजीनामा
महेश बस्नेतले मागे प्रधानमन्त्रीको राजीनामा
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
आजदेखि नववर्ष २०८२ प्रारम्भ 
आजदेखि नववर्ष २०८२ प्रारम्भ 
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते
लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय
लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ