अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी

सारांश

  • उनले नेताहरूमा देखिएको अहंकार र जनतालाई उपेक्षा गर्ने व्यवहार नै रावण प्रवृति भएको बताए ।
  • ‘मैले जे गरेको छु, त्यही ठीक हो, ढुकुटीमा जे गरे पनि हुन्छ भन्ने व्यवहार गरेका छन्, त्यही हो रावण प्रवृत्ति,’ मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभामा लोहनीले भने ‘राज्यलाई आफ्नो एकलौटी विर्ता ठानेका छन् ।
  • कसैले प्रश्न उठायो भने त्यसलाई सिध्याउने भावना राख्छन् ।

 

२६ चैत, काठमाडौँ —

राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले जनताको मत लिएर शासकहरूले रावण प्रवृतिबाट शासन गरिरहेको बताएका छन् । उनले नेताहरूमा देखिएको अहंकार र जनतालाई उपेक्षा गर्ने व्यवहार नै रावण प्रवृति भएको बताए । ‘मैले जे गरेको छु, त्यही ठीक हो, ढुकुटीमा जे गरे पनि हुन्छ भन्ने व्यवहार गरेका छन्, त्यही हो रावण प्रवृत्ति,’ मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभामा लोहनीले भने ‘राज्यलाई आफ्नो एकलौटी विर्ता ठानेका छन् । कसैले प्रश्न उठायो भने त्यसलाई सिध्याउने भावना राख्छन् ।’

उनले आफूहरू संवैधानिक राजतन्त्रको पक्षमा रहेको भन्दै संवैधानिक राजतन्त्रले आम नगरिकलाई एकतामा बाँध्ने र मनोवैज्ञानिक सुरक्षा प्रदान गर्ने बताए । उनले रावण प्रवृतिको विरोधमा आफूहरुको लडाइँ रहेको र त्यसलाई मासेर छोड्ने चेतावनी दिए । जनताको शोषण गरेर देशलाई केही नदिइ आफ्नो पेट भर्ने प्रवृति छाड्न उनले भनेका छन् । नवीन समझदारी गरेर देश बचाउन उनले सरकारलाई आग्रह गरे ।उनले चैत १५ गते पक्राउ गरेका आफ्ना पार्टीका नेताहरूलाई तत्काल रिहाई गर्न उनले माग गरे । अहिलेको शासन व्यवस्थामा देखिएको विकृति र विसंगतिले अन्तर्राष्ट्रिय स्तरमा देशका छवि धूमिल भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?