क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

सारांश

  • बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
  • बिहीबार विपी राजमार्गको अनुगमनमा गएका उनले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् ।
  • सडक अनुगनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोली छन् ।

२३ असोज, काठमाडौं ।

बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार विपी राजमार्गको अनुगमनमा गएका उनले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् ।

सडक अनुगनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोली छन् ।  गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो । गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ भने केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन
बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन
ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
बालेनले कटाए १३ हजार भन्दा बढी मत
बालेनले कटाए १३ हजार भन्दा बढी मत
बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी
बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय
बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन