गोरखाको विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
५२ पटक हेरिएको
Shares
गोरखाको विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

सारांश

  • प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले गोरखाको समग्र विकासका लागि बजेट सुनिश्चित गर्न माग गरेका छन् ।
  • प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद ढकालले ऐतिहासिक जिल्ला गोरखाको पर्यटन, पूर्वाधार र धार्मिक क्षेत्रको समुचित विकासका लागि ठोस बजेट विनियोजन आवश्यक रहेको बताए ।
  • ढकालले गोरखा जिल्लाको समृद्धि सम्भावना औंल्याउँदै बुढीगण्डकी जलविद्युत् आयोजना, मनकामना तथा गोरखकाली धार्मिक क्षेत्रको विकासमा प्राथमिकतासहित बजेट छुट्याउन माग गरे ।

२ जेठ, काठमाडौं ।

प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले गोरखाको समग्र विकासका लागि बजेट सुनिश्चित गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद ढकालले ऐतिहासिक जिल्ला गोरखाको पर्यटन, पूर्वाधार र धार्मिक क्षेत्रको समुचित विकासका लागि ठोस बजेट विनियोजन आवश्यक रहेको बताए ।

ढकालले गोरखा जिल्लाको समृद्धि सम्भावना औंल्याउँदै बुढीगण्डकी जलविद्युत् आयोजना, मनकामना तथा गोरखकाली धार्मिक क्षेत्रको विकासमा प्राथमिकतासहित बजेट छुट्याउन माग गरे । ‘पर्यटन तथा धार्मिक सम्भावनाले भरिपूर्ण गोरखो जिल्लामा सरकारी लगानीको कमीले अपेक्षित विकास हुन सकेको छैन,’ उनले भने, ‘गोरखा बजारबाट बुङ्गकोट, क्यामुनटार, महादेवटार, घाटबेंसी, आरुघाट, तान्द्राङ्ग हुँदै गोर्खा बजारसम्मको हालको कच्ची रिङ्गरोड सडकलाई कालोपत्रे गर्न विशेष बजेट विनियोजन गरियोस् ।’

सो सडक कालोपत्रे भए स्थानीयको आवागमन, व्यापार र पर्यटनमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले प्रथम शहीद लखन थापा र प्रथम प्रधानमन्त्री भीमसेन थापासँग सम्बन्धित सामग्री र स्थलको खोज तथा संरक्षणमा ध्यान दिन पनि माग गरे । झिगटेभन्ज्यांग–अश्रांग–बककर्लाङ्ग–महादेवटार खण्डको कच्ची सडक तथा घाटबेंसी–धादिङ्गको बुट्टार जोड्ने जीर्ण पुलको यथाशीघ्र मर्मत सम्भारका लागि पनि उनले बजेट माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
सुनको मूल्य तोलामा ५५०० रुपैयाँले बढ्यो, नयाँ कीर्तिमान
सुनको मूल्य तोलामा ५५०० रुपैयाँले बढ्यो, नयाँ कीर्तिमान
भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई
भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु