वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १७, २०८२
|
|
५५ पटक हेरिएको
Shares
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

सारांश

  • वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ ।
  • गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ ।
  • वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए ।

१७ माघ, वीरगञ्ज ।

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए ।

जबकि गत आवको छ महिनामा भने ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने  छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।

चालु आवको छ महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै  आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । यस्तै २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी विश्व अधिकारी
प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी विश्व अधिकारी
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ
मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग