Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित

सारांश

  • बलात्कार कुनै सामान्य अपराध होइन ।
  • मुलुकी अपराध संहिताको दफा २ (च) अन्तर्गत यो जघन्य अपराधको सूचीमा पर्छ ।
  • यो व्यक्तिविरुद्ध मात्रै नभएर सिंगो समाजविरुद्धकै अपराध हो ।

२६ माघ, जनकपुरधाम । बलात्कार कुनै सामान्य अपराध होइन । मुलुकी अपराध संहिताको दफा २ (च) अन्तर्गत यो जघन्य अपराधको सूचीमा पर्छ । यो व्यक्तिविरुद्ध मात्रै नभएर सिंगो समाजविरुद्धकै अपराध हो । त्यसैले बलात्कारीलाई कडा कारबाही हुनुपर्ने माग अधिकारकर्मीहरु जोडतोडले उठाउँदै आएका छन् ।

तर, अनेक बहाना र आर्थिक चलखेलमा बलात्कारीहरु अदालतबाटै छुट्ने गर्छन् । महोत्तरीमा ‘फिल्मी शैली’मा एक बलात्कार आरोपित छुटेका छन् । बलात्कार जस्तो जघन्य अराधमा संलग्न व्यक्ति एक महिना थुनामा नबसी ‘फिल्मी शैली’मा छुटेका हुन् । ‘मानसिक सन्तुलन ठीक नरहेको’ नाटक गरेपछि बलात्कार आरोपमा थुनामा गराएका आरोपितलाई अदालतले धरौटीमा छाडिदिएको पीडित पक्षको आरोप छ । उनी हुन् महोत्तरीको मटिहानी नगरपालिका- ३ का कैसर अली । अन्दाजी ३७ वर्षीय कैसर मोलवी हुन् । उनी गाउँकै मदरसामा मुस्लिम समुदायका बालबालिका पढाउँथे । मदरसामा बालबालिका पढाउने शिक्षकलाई ‘मोलवी’ भनिन्छ । गएको असोज २५ मा मदरसा भएकै टोलकी एक महिला (२१ जलेश्वर)लाई जबरजस्ती करणी गरेको आरोप कैसरमाथि छ । पीडित महिलाले जबरस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय जलेश्वरमा दर्ता गराएपछि उनी फरार भएका थिए । जाहेरी परेपछि तीन महिना बढी सम्पर्कविहीन बनेका कैसर पुस १८ मा जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । प्रहरीले उनलाई अदालतमा पेश गर्‍यो ।

अदालतले पुर्पक्षका लागि उनलाई थुनामा पठायो । तर, २२ दिनमै उनी छुटे । माघ १० गते अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको बुझिएको छ । कैसर छुटेको थाहा पाएपछि पीडित परिवार असुरक्षित बनेका छन् । छुटेलगत्तै धाकधम्की दिन थालेको पीडितका पतिले बताए । उनले भने, ‘बलात्कार जस्तो घटना घटाउने व्यक्ति एक महिना नबित्दै कसरी छुटे ? छुटेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय जलेश्वर पुगे । त्यहाँका डीएसपीले ‘यति छिटो छुट्नै सक्दैन, छुटेको छैन’ भनेपछि घर फर्के । तर, बिहानै गाउँमा घुमिरहेको देखें ‌।’ कैसरलाई गाउँमा देखेपछि आश्चर्य लागरे अदालतमा बुझ्न जाँदा एक कर्मचारीले एक लाख रुपैयाँ धरौटीमा छुटेको बताएको उनले बताए । ‘सोधखोज गर्दा उनले जेलमा नाङ्गै घुम्न थालेको र मानसिक सन्तुलन गुमेको नाटक गरेको रहेछ । त्यही बहानामा अदालतले उनलाई छाडेको थाहा पाएँ’, पीडितका पतिले सुनाए । नाटकीय ढंगले छुटेका कैसरलाई पुनः पक्राउ गर्न माग गर्दै उनले उच्च अदालत जनकपुरमा रिट हालेका छन् । उनी चार दिनदेखि उच्च अदालत धाइरहेका छन् ।

कसरी भयो घटना ?

पीडितका पति सिटी रिक्सा चलाउँछन् । आम्दानीको अन्य कुनै स्रोत छैन । केही दिनअगाडि मात्रै उनले ऋण लिएर सिटी रिक्सा किनेका थिए । घटना भएको दिन रिक्सा लिएर उनी धनुषाको लोहनामा आयोजित जलसामा पुगेका थिए । राति घर फर्किन सकेनन् । पत्नीले उनलाई फोन लगाइन् । त्यो फोन मोलवी कैसरको मोबाइलमा गयो । पत्नी पढेलेखेकी छैन् । मोबाइलमा मोलवी कैसरको नम्बर सेभ थियो । उनका छोरालाई मदरसामा उनै मोलवीले पढाउँछन् । त्यसैले उनको घरमा मोलवी आवतजावत थियो । पतिलाई सोधखोज गरेको फोन आफूलाई आएपछि मोलवी कैसरको मनमा पाप जाग्यो । फोनमा मोलवीले आफू घरमा आउँ भनी सोधेको ती महिलाले बताइन् । उनका अनुसार आफूले गल्तीबस फोन आएको भनेर फोन राख्न नपाउँदै मोलवी ढोका तोडेर घर आएको र आफ्नो मोबाइल खोसेर कुट्दै जबरजस्ती करणी गरे । आफू कराएको सुनेर सुतिराखेका छोरा उठेपछि मात्रै मोलवी भागेको पीडित महिलाले पत्रकार मौसम झा सँग भनिन् । भोलिपल्ट बिहान पति आएपछि आफूले रातिको घटना सुनाएको उनले बताइन् । पतिले उनलाई उपचारका लागि अस्पताल लगे र त्यसपछि प्रहरीकहाँ पुगेका थिए ।

प्रहरीको महिला सेलमा घटना सविस्तार सुनाएपछि उजुरी लेखेर ल्याउन भनिएको उनका पतिले बताए । उनले भने, ‘प्रहरीले जाहेरी लेखाएर ल्याउन भन्यो । वकिलहरुकहां गएपछि कोहीले ८ हजार त कोहीले १५ हजार रुपैयाँ माग्यो जाहेरी लेख्न । त्यति रुपैयाँ थिएन, अनि घर फर्के ।’ उनका अनुसार आरोपितका मान्छेहरुले मिलापत्र गर्न धेरै दबाब दिएका थिए । ‘१० लाख रुपैयाँमा मिलापत्र गर्न पनि दबाब दियो । म जसरी पनि न्यायका लागि लड्छु, पैसाको लोभमा पर्दिनँ भने’, उनले थपे, ‘पैसा अभावमा जाहेरी लिएर गएका थिएनौं । जिल्ला प्रहरी कार्यालयमा पुगेर पैसा छैन, के गर्ने भन्दा प्रहरीले उल्टै तिमीहरु पैसा लिएर मिलापत्र गर्ने भनेर मेरी पत्नीलाई नै थुनिदियो । पैसा लिएर मिलापत्र गरेछ भनरे कसैले प्रहरीलाई भनेको रहेछ ।’ त्यसपछि आफूले जसरी पनि आरोपितमाथि मुद्दा दर्ता गराउने भनेपछि प्रहरीले पत्नीलाई छाडेको उनले सुनाए । उनका अनुसार जाहेरी दिन ऋण खोज्दा कसैले दिएनन् । गहना बेचेपछि प्रहरीले निःशुल्क लेखिदियो जोहरी कतैबाट ऋण नपाएपछि पत्नीको गहना ३० हजारमा बचेको उनले बताए । गहना बेचेको पैसा लिएर जिल्ला प्रहरी कार्यालय पुगेपछि डीएसपीले एकजना प्रहरीलाई बोलाएर निःशुल्क जोहरी लेखिदिएर दर्ता गराएको उनले बताए । प्रहरीबाट अदालत पुगेको मुद्दामा आफूले अहिलेसम्म न्याय नपाएको पीडितहरुको गुनासो छ । श्रमितीको न्यायका लागि अदालत धाइरहेका पतिको प्रश्न छ, ‘अदालतमा पनि चलखेल भयो । मैले कहिले न्याय पाउने ?’

जेलमा मोलवीको नाटक !

करिब २ वर्ष अगाडि कैसर मोटरसाइकल दुर्घटनामा परेका थिए ‌। विराटनगरमा उपचार गराए । त्यहांका चिकित्सकले टाउकोको अप्रेशन गर्नुपर्छ भनेपछि आफ्नो परिवारले उपेन्द्र देवकोटा मेमोरियल अस्पताल बाँसबारी काठमाडौंमा लगेपछि अवस्थामा सुधार भएको कैसरले बयानमा भनेका थिए । उनले बयानमा भनेका थिए, ‘डाक्टरको सल्लाहअनुसार बेलाबखत उपेन्द्र देवकोटा मेमोरियल अस्पताल बाँसबारी काठमाडौंमा उपचार गराई आउने गरेको र सोही अस्पतालको सिफारिसमा औषधिसमेत सेवन गर्दै आएको छु ।’ तर, उक्त बयानपछि उनी थुनामा नाङ्गो भएर घुम्न थालेको बताइएको छ । उनको गतिविधिकै आधारमा अदालतले पनि कैसरलाई उपचार गराउनू भनी धरौटीमा छाडेको प्रहरीले जनाएको छ । तर, अहिले उनी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी
गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी
फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ
धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै