शुक्रबार संघीय संसद्का चार समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
११२ पटक हेरिएको
Shares
शुक्रबार संघीय संसद्का चार समितिको बैठक बस्दै

सारांश

  • संघीय संसद्, प्रतिनिधिसभाका चार वटा समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
  • विभिन्न समसामयिक विषय तथा विधेयकमाथि छलफल गर्न समितिहरूको बैठक बस्न लागेको हो ।
  • अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

 

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाका चार वटा समितिको बैठक शुक्रबार बस्ने भएको छ । विभिन्न समसामयिक विषय तथा विधेयकमाथि छलफल गर्न समितिहरूको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन/भ्रमण लगायत समसामयिक विषयमा समितिको आन्तरिक छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ ।

यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ । बैठकमा गत भदौ १० गते भोटेकोशीलगायत नदीमा आएको बाढी तथा जलवायु परिवर्तनको असरलगायत विषयमा विज्ञसँग छलफल गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?