हिजो घटेको सुनचाँदीकै मूल्य आज बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
१९६ पटक हेरिएको
Shares
हिजो घटेको सुनचाँदीकै मूल्य आज बढ्यो

सारांश

  • हिजो घटेको सुनचाँदीकै मूल्य आज बढेको छ।
  •   हिजो तोलामा ३३ सय घटेको सुनको भाउ आज तोलामा १८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  •   हिजो सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ थियो।

७ जेठ, काठमाडौं ।

हिजो घटेको सुनचाँदीकै मूल्य आज बढेको छ।  हिजो तोलामा ३३ सय घटेको सुनको भाउ आज तोलामा १८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ थियो।  गएको सोमबार सुनको भाउ तोलामा ८ सय र मंगलबार ५ सय रुपैयाँ बढेको थियो।  आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ९० रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
काठमाडौं महानगरका कर्मचारीले सोमबार तलब पाउने, प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक
काठमाडौं महानगरका कर्मचारीले सोमबार तलब पाउने, प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय
संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु