विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
१८ पटक हेरिएको
Shares
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

सारांश

  • संघीय संसद अन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ ।
  • सोमबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
  • विहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग छलफल गरिने भएको छ ।

१६ भदौ, काठमाडौं ।

संघीय संसद अन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ । सोमबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

विहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग छलफल गरिने भएको छ । यस्तै बिहान साढे ११ बजे नै बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?