आज खिर खाएर साउन १५ मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
आज खिर खाएर साउन १५ मनाइँदै

सारांश

  • साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ ।
  • वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
  • साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।

१५ साउन, काठमाडौं ।

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

यद्यपि राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने दुग्ध विकास बोर्डले जनाएको छ । संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैंसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताए । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल  
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल  
राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना
राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित   
जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित   
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय
बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय