खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा नलगाइ आउन यात्रुहरुलाई आह्वान गरेको छ ।
  • विमानस्थलले एक सूचनामार्फत् विमानस्थलमार्फत् विदेश जाने यात्रुहरु खादामाला नलगाइ आउन भनेको हो ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सुरक्षा जाँचको क्रममा यस्ता खादा मालाले विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स–रेहरु), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरुलाइ गम्भीर क्षति पुर्याई रहेका छन् ।

२७ भदौ ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा नलगाइ आउन यात्रुहरुलाई आह्वान गरेको छ ।Worldlink adsविमानस्थलले एक सूचनामार्फत् विमानस्थलमार्फत् विदेश जाने यात्रुहरु खादामाला नलगाइ आउन भनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सुरक्षा जाँचको क्रममा यस्ता खादा मालाले विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स–रेहरु), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरुलाइ गम्भीर क्षति पुर्याई रहेका छन् । यसैगरी यात्रुहरुले खादा तथा मालाहरु विमानस्थलका विभिन्न क्षेत्रहरुमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको विमानस्थलको भनाइ छ ।हवाई यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाधी ल्याइने खादाले यस्तो असर पार्ने गरेको विमानस्थलको ठहर छ । तसर्थ विमानस्थल टर्मिनल भवन प्रवेशका दौरान सुरक्षा जाँचका समयावधि भर यस्ता माला, खादा आदि वस्तुहरु प्रयोग नगर्न र यात्रुले सँगै लानु पर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरि राखेर मात्र लग्न विमानस्थलले अनुरोध गरेको हो । केही दिन अघि खादा लगाएर एयरपोर्ट पुगेका एक युवकलाई प्रहरीले हप्काइदप्काइ गरेर खोल्न लगाएको भिडियो सार्वजनिक भएको थियो । त्यसयता खादामालाको विषय तातेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा
मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा
सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी
सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​
बाल गायक सचिन परियारको निधन
बाल गायक सचिन परियारको निधन