Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सल्यानमा घरभित्रै दिदीबहिनी मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
४८ पटक हेरिएको
Shares
सल्यानमा घरभित्रै दिदीबहिनी मृत फेला

सारांश

  • सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।
  • उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् ।

 

२४ पुस, काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए । ‘दुई जना छोरी र आमा सँगै एउटै घरमा बस्ने गर्नुभएको रहेछ,’ बस्नेतले  भने, ‘बुवा नुवाकोटमा काम गर्नुहुँदो रहेछ । दुइवटै छोरीको मृत्यु भएको अवस्थामा भेटिएको छ ।’घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए । घटना शंकास्पद देखिन्छ । कहिँ न कसैले केही गरेको हुनपर्छ । कसरी घटना भयो भन्नेबारे हामी अनुसन्धानमै छौं,’ उनले भने ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी
नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय