बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

सारांश

  •       बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
  • उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो ।
  • साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ ।

६ चैत, काठमाडौँ ।     

बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ । लालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले गरिरहेको जनाएको छ । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश
सुनको मूल्य आजपनि स्थिर
सुनको मूल्य आजपनि स्थिर
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल