पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

सारांश

  • चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
  • सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो ।
  • यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो ।

असोज, काठमाडौं ।

चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिएलगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो । पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो ।

बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो । यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ । काठमाडाैं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहाेरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए । तर, अब पुन: पहिरो नखसे आवागमन सहज हुनेछ । तुइन खोला नजिक यसअघि पनि पटकपटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृ*त्यु
काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृ*त्यु
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
दसैँका लागि भदौ २९ गतेदेखि नयाँ नोट साटिने
दसैँका लागि भदौ २९ गतेदेखि नयाँ नोट साटिने
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
आज साउन  को अन्तिम सोमबार १२ बजेसम्म १ लाख १५ हजारले गरे पशुपतिनाथको दर्शन
आज साउन को अन्तिम सोमबार १२ बजेसम्म १ लाख १५ हजारले गरे पशुपतिनाथको दर्शन
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं