भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गरेका छन् ।
  • उनले उक्त सम्बोधनका क्रममा ‘अप्रेशन सिन्दूर’को लामो व्याख्यासहित भारतीय सेनाको प्रशंसा गरे ।
  • ‘अप्रिल २२ तारिखको हमलाको जवाफ हामीले २२ मिनेटमै दियौँ ।

८ जेठ, जयपुर ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गरेका छन् । उनले उक्त सम्बोधनका क्रममा ‘अप्रेशन सिन्दूर’को लामो व्याख्यासहित भारतीय सेनाको प्रशंसा गरे । ‘अप्रिल २२ तारिखको हमलाको जवाफ हामीले २२ मिनेटमै दियौँ । आतंककारीहरूका ९ ठूला ठेगाना ध्वस्त पार्यौँ’, उनले भने, ‘संसार र देशका दुश्मनहरूले पनि जब सिन्दूर बारुद बन्छ, त्यसको परिणाम के हुन्छ भन्ने देखेका छन् ।’

प्रधानमन्त्री मोदीले आतंककारीहरूले हमला गरेपछि भारत सरकारले देशका तीनवटै सेनालाई कारबाहीका लागि खुला छूट दिएको बताए। त्यसपछि ती तीन सेनाले बनाएको रणनीतिसामु पाकिस्तान घुँडा टेक्न बाध्य भएको उनले जिकिर गरे । उनले फेरि एकपटक आफ्ना तीन कुरा दोहोर्‍याउँदै भने, ‘अब आणविक हमलाको धम्की चल्दैन । यस्ता कुनै पनि हमलालाई युद्धको कारबाही मानिनेछ, त्यसका लागि भारतले आफ्नै तरिकाले जवाफ दिनेछ ।’ उनले सिन्दूर मेटाउन निस्केकाहरू नै मेटिएका बताए । ‘तिनीहरूलाई हामीले माटोमा मिसायौं। जो सोच्थे भारत चुप बस्नेछ, जो आफ्ना हतियारमा घमण्ड गर्थे, आज उनीहरू भग्नावशेषको थुप्रोमा पुरिएका छन्’,

उनले भने, ‘मेरा प्रिय देशवासीहरू, यो बदला होइन । यो न्यायको नयाँ रूप हो। यो ‘अप्रेशन सिन्दूर’ हो। यो केवल आक्रोश होइन ।’ उनले राजस्थानको वीरभूमिले भारतवासीलाई देश र देशवासीभन्दा ठूलो केही नहुने सिकाएको बताए । ‘अप्रिल २२ तारिखमा आतंककारीहरूले धर्म सोधी सोधी निर्दोषहरूलाई मारेर सिन्दूर उजाडिदिए’, उनले भने, ‘हमला पहलगाममा भएको थियो, तर त्यसको पीडा पूरै देशले महसुस गर्यो। त्यसपछि देशभर आतंकवादलाई जरैदेखि समाप्त पार्ने अठोट बन्यो । हाम्रो सेनाले दिएको जवाफले पाकिस्तान घुँडा टेक्न बाध्य भयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए
तीन दिनदेखि लगातार बढ्यो सेयर बजार
तीन दिनदेखि लगातार बढ्यो सेयर बजार
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै