काठमाण्डौ महानगरपालिकाद्वारा सीप मेलाका लागि आवेदन आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
१२ पटक हेरिएको
Shares
काठमाण्डौ महानगरपालिकाद्वारा सीप मेलाका लागि आवेदन आह्वान

सारांश

  • यही जेठ ७ गतेदेखि काठमाण्डौको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
  • सरकारी निकाय, गैरसरकारी सङघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिनेछ ।
  • यस वर्ष २ हजार ८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ ।

२ जेठ, काठमाण्डौ –

काठमाण्डौ महानगरपालिकाले सीप मेलामा तालिम लिनका लागि आवेदन आह्वान गरेको छ । यही जेठ ७ गतेदेखि काठमाण्डौको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । सरकारी निकाय, गैरसरकारी सङघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिनेछ । यस वर्ष २ हजार ८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ । १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।

त्यस्तै १० वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ । आईसीटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआई) र यसको प्रयोग (एआई एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम हुनेछन् । स्पेशल एविलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पीडब्ल्यूुडी) र केयर सर्भिस गरी दुई वटा विधाका तालिम चल्नेछन् । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम हुनेछन् । त्यस्तै गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधामा तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम हुनेछ । हस्पिटालिीटमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा तालिम हुनेछ ।

अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (ईभी) मेन्टिनेन्स, हलुका गाडी उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ । ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ । त्यस्तै कुषिमा फूलको सजावटसम्बन्धी तालिम हुनेछ । सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम हुनेछ । तालिममा सहभागी हुन चाहनेहरुले https://kmc.seepmela.com/  मा क्लिक गरेर मागिएका विवरण भरेर पेश गर्नुपर्नेछ । तालिमका लागि पर्सि जेठ ५ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । सीप मेलासम्बन्धी जानकारी लिन आवश्यक परेमा महानगरपालिकाको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र