विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १०, २०८१
|
|
५० पटक हेरिएको
Shares
विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

सारांश

  • सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ।
  • बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
  • उनकाअनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.

१० साउन, काठमाडौँ । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनकाअनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल रहेका छन् । त्यस्तै शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

साथै सरकारले २०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताउँदै उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवंगत हुने व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ । साथै दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीहरुलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरण सोको अनुगमन गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार
करिब हजार प्रहरीको बीचबाटै भागेका दुर्गा प्रसाईंले देश छाडिसके !
करिब हजार प्रहरीको बीचबाटै भागेका दुर्गा प्रसाईंले देश छाडिसके !
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस