वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १८, २०८२
|
|
१८ पटक हेरिएको
Shares
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी

सारांश

  •   वर्षासँगै आएको बाढीपहिरोले देशका सातवटा राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्।
  •  ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
  •  त्यसैगरि आज देशका सातवटै सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।

१८ साउन, काठमाडौं । 

वर्षासँगै आएको बाढीपहिरोले देशका सातवटा राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्। ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरि आज देशका सातवटै सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।

सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग, रुकुमपश्चिमको आठबीसकोट गाउँपालिका-१ स्थित जाजरकोट-डोल्पा-भेरि करिडोर सडक, जुम्लाको कर्णाली करिडोर र जाजरकोटको डोल्पा सडक आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध अवस्थामा छन्।

त्यसैगरि काठमाडौँ नुवाकोट सडक, रसुवाको उत्तरगयास्थित गल्छी त्रिवेणी सडक, बागलुङ र नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी जोमसोम सडकर तनहुँको पृथ्वी राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?