काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने

सारांश

  • काठमाडौँको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ ।
  • वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू चल्न दिने निर्णय गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
  • तर नागढुंगाबाट रात्रिबसहरु ५ बजेभित्र बाहिरिइसक्नुपर्ने उनको भनाइ छ ।

१९ असोज, काठमाडौँ ।

काठमाडौँको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ । वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू चल्न दिने निर्णय गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

तर नागढुंगाबाट रात्रिबसहरु ५ बजेभित्र बाहिरिइसक्नुपर्ने उनको भनाइ छ । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरेको थियो । साँगा हुँदै विपी राजमार्गतर्फ जाने सवारी साधन सञ्चालनमा आएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?