कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
३० पटक हेरिएको
Shares
कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

सारांश

  •   नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ ।
  • प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो ।
  • विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

२९ जेठ, कर्णाली।  

नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो । विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती अभियुक्तहरू अदालतको फैसला कार्यान्वयन छली फरार रहेका थिए । प्रहरीले विशेष निगरानी, सुराकी र रणनीतिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेस गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताउनुभयो । पक्राउ परेका अभियुक्तहरूबाट हालसम्म जम्मा ३२ वर्ष ११ महिना २० दिन कैदसजायसहित रु २३ हजार १०० बराबरको जरिवाना असुल गरिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार अदालतको आदेश कार्यान्वयन गर्दै न्याय सम्पादनमा सघाउने उद्देश्यले फरार अभियुक्तलाई खोजी–पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाइएको छ । यस अभियानले अपराधमुक्त समाज निर्माणमा सहयोग पु¥याउने विश्वास प्रहरीले गरेको छ । प्रहरीले अदालतको निर्णय शीघ्र कार्यान्वयन हुन सकोस् भन्दै फरार अभियुक्तसम्बन्धी सूचना दिन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ
सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या
तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी